पुलको सामान ओसार्ने क्रममा लडेर चार घाइते
पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसार्ने क्रममा पुलबाट चिप्लिएर खस्दा चार घाइते भएका छन् । घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका–११ बस्ने वर्ष २० का उदय चौधरी, सोही ठाउँका वर्ष २४ का देवानन्द चौधरी, जीतपुर नगरपालिका वडा नम्बर १३ का वर्ष २४ का वसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ बस्ने वर्ष २१ का दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।
देवानन्द चौधरी र वसन्त चौधरीको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगडी पठाइएको र अन्य दुईको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताए । बझाङको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेतिपारिका अन्य गाउँपालिकालाई जोड्नका लागि निर्माण भइरहेको पानकोटको मोटरेबल पुल निर्माणमा प्रयोग हुने चैन तथा अन्य कच्चा पदार्थ ओसारपसार गर्दा आज दिउँसो उनीहरू चिप्लिएर घाइते भएको निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् । पुल निर्माणको काम भने अन्तिम चरणमा छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस