• जीवनशैली | Jiwanshaili
  • भागरथी हत्याका अभियुक्त सार्वजनिक


    बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेका आरोपीतलाई प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले उनी अध्ययनरत विद्यालयमा पढ्ने किशोरलाई पक्राउ गरेर सार्वजनिक गरेको हो। प्रहरीले घटनाको बारेमा सुदूरपश्चिप्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएका छन्।

    दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी भागरथी भट्ट २१ माघमा विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन्। उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो।

    विद्यालयबाट एक्लै फर्किएको मौका छोपेर बलात्कारपछि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पोस्टमार्टम रिपोर्टले उनको बलात्कारपछि घाँटी थिचेर हत्या भएको देखाएको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार उनले सुरुमा भागरथीलाई भीरबाट लडाएको र घाइते अवस्थामा बलात्कार गरेको बयान दिएका छन्।

    लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका किशोरले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले सार्वजनिक गर्ने तयारी गरेको प्रहरीले जनाएको छ। निजकाे उमेर एकिन हुन नसक्दा प्रहरीद्वारा अभियुक्तकाे नाम गाेप्य राखिएकाे छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार