तेह्र कैदीले पाए आममाफी
काठमाडौं- कारागार कार्यालय भरतपुरमा रहेका १३ कैदीले आममाफी पाएका छन् । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार ५० प्रतिशत कैद भुक्तान भई आचरण राम्रो भएका उनीहरुले आममाफी पाएका हुन् । आममाफी पाउनेमा सवारी ज्यान मुद्दाका पाँच जना, कर्तव्य ज्यान मुद्दाका चार जना र ज्यान मार्ने उद्योगका चार जना रहेको काफ्लेले जानकारी दिए । कार्यालयले २६ जनाको सिफारिस गरेकामा राष्ट्रपतिबाट १३ जनाको नाममा आममाफी भएको हो ।
सरकारले हरेक वर्ष विभिन्न अवसरका क्रममा देशभरका कारागारमा रहेको असल चरित्र भएका र ५० प्रतिशत कैद भुक्तान भएकालाई राष्ट्रपतिमार्फत आममाफी दिने गरेको छ । प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, गणतन्त्र दिवस, संविधान दिवस र बडादशैँजस्ता अवसरमा आममाफी दिने गरिन्छ । कारागार कार्यालय भरतपरमा अहिले क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । दुई सय ५५ पुरुष बन्दीगृहमा ६२१ र २५ जना महिला बन्दीगृहमा ५७ जना रहेका छन् । उनीहरुसँगै तीन जना आश्रित बालबालिकासमेत रहेको काफ्लेले बताए ।
कैदीबन्दीको चाप बढेसँगै विभिन्न जिल्लामा स्थानान्तरण गरिने गरेको भए पनि कोरोना कहरका कारण यस वर्ष स्थानान्तरण नगरिएको उनले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस