नेपालगञ्ज–पोखरा विमान सेवा उडान शुरु
नेपालगन्ज- सीता एयरले शुक्रबारदेखि नेपालगञ्ज–पोखरा विमान सेवा शुरुआत गरेको छ । नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) बाँके र नाट्टा गण्डकी प्रदेशको पहलमा सीताले उडान सेवा शुरु गरेको हो ।
बाँके र बर्दियाका पर्यटन व्यवसायीको नेतृत्व गर्दै नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा. धवल शमशेर राणासहितको टोली नेपालगञ्ज विमानस्थलबाट पोखरा उडेको थियो । पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर विसीले स्वागत गरेका थिए ।
पोखराबाट पनि शुक्रबार नाट्टाको १७ पर्यटन व्यवसायी बाँके र बर्दियाका पर्यटकीय गन्तव्यको अवलोकन गर्न आएका छन् । पर्यटकीय गन्तव्यको अवलोकन गर्ने कार्यक्रम रहेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस