• जीवनशैली | Jiwanshaili
  • भक्तपुरमा टिपरको ठक्करबाट एकको मृत्यु


    भक्तपुरको सल्लाघारीमा टिपरकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ। सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको टिपरले बाटो क्रस गर्दै गरेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं. ७ का ३५ वर्षीय बलराम तामाङलाई ठक्कर दिँदा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।

    ठक्करपछि गम्भीर घाइते भएका तामाङलाई उपचारार्थ भक्तपुर अस्पताल पुर्‍याउँदा मृत्यु भएको हाे। दुर्घटनापछि ठक्कर दिने बा ५ ख ४७९ नं. को टिपर केही अगाडिबीचको डिभाईडरको जगातीबाट सल्लाघारीतर्फ आउने लेनतर्फ कोल्टे परेर दुर्घटना भएकाे हाे।

    टिपर र चालक सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका ११ घर भएका वर्ष २९ का सुरेन्द्र खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार