बैंकिङ कसुर मुद्दामा जेल चलान
बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार हुँदै आएका एक व्यक्ति आज जेल चलान भएका छन् । उच्च अदालत पाटनको पुस २९ को फैसलाले सात दिन कैद र २१ लाख ५० हजार जरिवानाको फैसला सुनाइएका काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज बस्ने ४९ वर्षीय सुधीर श्रेष्ठलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी० बाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित प्रहरी टोलीले उनलाई आज काठमाडौँको ठमेलबाट पक्राउ गरेको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिए । उनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा आजै कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले विसं २०७५ मा आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी भैरवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रकम भुक्तानीका लागि नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको चेक काटी दिएका थिए ।
त्यसविरुद्ध उक्त सहकारी संस्था लिमिटेडका अध्यक्ष धनकुमार राईको जाहेरीले उनलाई बंैकिङ कसुर मुद्दामा मुद्दा चलाइएको थियो । अदालतले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ३९ग० बमोजिमको कसुरमा दफा १५९१० बमोजिम सजाय हुने फैसला गरिएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस