बिना अनुमति औषधि ओसारपसार गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय चितवनले बिना अनुमति औषधि ओसारपोसार गर्ने तीन जनालाई पक्राउ गरेको बछ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–३ का ३० वर्षीय दिनेश तामाङ, २२ वर्षीय प्रदीप विश्वकर्मा र वडा नम्बर २ का १८ वर्षीय समीर तामाङ रहेका छन् ।
प्रहरीले भरतपुर–३ मा कोठा गरी बस्ने दिनेश तामाङको कोठाबाट लागुऔषध बिक्री वितरण गरेको सूचनाको आधारमा उनीहरुलाई शुक्रबार पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । कार्यालयले जारी गरेको सूचनामा तामाङको कोठाबाट अनुमति बिना ल्याइएको ट्रामा एक हजार १६३ ट्याब्लेट, अनार्गन २५ लेखिएको ४३६ ट्याब्लेट, स्टागन ४४० ट्याब्लेट फेला परेको जनाइएको छ । यस्तै दिनेशको कोठामा रहेका समीरको साथबाट रु पाँच हजार ३२५ र मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै प्रदीपको साथबाट रु एक लाख २९ हजार ८२२ बरामद गरिएको र उनको घरमा चेकजाँच गर्ने क्रममा ट्रामा आठ हजार ७८० ट्याब्लेट, स्टागन ८०० ट्याब्लेट र नगद रु ११ हजार बरामद गरिएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई कारवाहीका लागि औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगञ्ज पठाइएको उहाँले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस