हत्या गरी शव सुटकेशमा फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन कारावास
गोंगबुमा गत साउन २५ गते कृष्णबहादुर बोहराको हत्या गरी सुटकेशमा राखी फ्याँक्ने कल्पना मुडभरीलाई आजीवन कारावासको सजाय सुनाइएको छ।
कल्पनाले ४५ वर्षीय बोहोराको हत्या गरी टाउको, खुट्टा काटेकी थिइन्। उनको जिउ सुटकेसमा राखेर नवज्योतिमार्गमा फ्याँक्न लगेकी थिइन्। टाउको र खुट्टा भने केही पर भेटिएको थियो। जिल्ला अदालत काठमाडौंले गोंगबुमा डेरा गरी बस्दै आएकी ३७ वर्षीया कल्पना मुडभरीलाई आजीवन काराबासको सजाय सुनाएको हाे ।
फागुन १३ गते न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले उनलाई जीवित रहुञ्जेल काराबासको सजाय सुनाएका हुन्। त्यस्तै कल्पनाकी छोरीले भने सफाइ पाएकी छन्। नाबालकसमेत रहेकी उनलाई अदालतले सफाइ दिएको हो।
गोंगबु बस्ने कृष्णबहादुर बोहराको टाउको र खुट्टा बिनाको शव गत साउन २५ गते सुटकेसमा भेटिएको थियो। पछि प्रहरी तालिम प्राप्त जोजो नामको कुकुरको मद्दतले टाउको र खुट्टा फेला पारेको थियो।
यस्ताे छ कल्पनाको बयान :
मैले सामाजिक सञ्जालमा कल्पना पौडेलको फेसबुक आइडी चलाउँथे। सोही क्रममा चार/पाँच वर्ष अघिदेखि कृष्णबहादुर बोहोरासँग चिनजान भएको थियो। म्यासेन्जरमा कुराकानी गर्ने क्रममा हामीबीच परिचय भयो। सुरुमा बोहोराले आफू साउदी भन्ने मुलुकमा रहेको बताएका थिए।
यकिन मिति त थाहा भएन। पछि नेपाल आएको छु भन्दै गोंगवुस्थित रहेको थकाली होटलमा बिहान अन्दाजी ११ बजेतिर भेटघाट गर्न बोलाएको हुँदा मैले उनलाई त्यहाँ गएर भेँटे। कुरा गर्ने क्रममा मैले मेरो पनि अफगानिस्तानमा हुनुहुन्छ भनेँ। त्यतिखेर होटलमै खाना खाएर करिब साढे १२ बजेतिर म कोठामा फर्किए। त्यसपछि सामाजिक सञ्जाल इमोमार्फत् उनीसँग कुराकानी हुन थाल्यो।
कुराकानी गर्ने क्रममा बोहोराले आफ्नो श्रीमतीले धोका दिएको, आफूले विदेशमा गई कमाएको रकमसमेत श्रीमतीले हिनामिना गरेको भन्ने घरायसी कुरा गर्दै आएका थिए। बोहराले १ वर्ष अगाडिदेखि घर गयो भने बिहे गर भन्छन्, म मेरो बासँग बोल्न दिन्छु भनी बोल्नसमेत दिए, तिमी र म राम्रो साथी बन्नु पर्छ पनि भन्दै आएका थिए।
कुरा गर्ने क्रममा निजले ‘तिमी बिहे गर्दिनौं? मेरो पनि कोही छैन मसँग बिहे गर्ने हो?’ भन्ने गरेका थिए। मैले ‘सरी ल’ र ‘डिठ्ठा साप’ टेलिसिरियलमा अभिनय गरेपश्चात निजले उक्त भिडियो हेरेपछि मेरै सुटिङको फोटो राखी कल्पना शाही भन्ने फेक फेसबुक आइडी बनाई मेरा फोटाहरु अपलोड गर्न थाले।
बोहोराले मेरो केटी साथीहरुलाई समेत फ्रेण्ड बनाई मेसेज गर्ने गरेका रहेछन्। यो कुरा मैल थाहा पाएर किन यसो गरेको भन्दा मेरो मर्जी हो, आफूखुसी गर्छु भन्दै आएका थिए। करिब ६/७ महिना अगाडि उनले मलाई विभिन्न होटलमा बोलाई पटक–पटक होटलमा भेटघाट गर्ने गरेका थियौं।
गत साउन १६ गते म बिरामी भई बसुन्धारास्थित चिरायु अस्पतालमा जान भनी बाटोमा हिँड्दै जाँदा उनी स्कुटीमा आई मलाईसमेत स्कुटीमा राखी अस्पताल पुर्याएका थिए। त्यसपछि उनले मलाई नराम्रो नजरले हेर्न थाले। जसका कारण उनीदेखि दिन प्रतिदिन मलाई रिस उठ्न थालेको थियो। उनीबाट कसरी छुटकारा लिन सकिन्छ भन्ने सोचाइमा म थिएँ। तर उनी मलाई छाड्दैनथे। यसरी पलपल तड्पिएर बाँच्न मलाई कठिन भएकोे थियो।
साउन २४ गते दिनको साढे ४ बजे बोहोरा हातमा रुस्लान भोड्का लिएर मेरो कोठामा आए। म त्यसबेला कुखुराको मासु पकाइरहेको थिएँ। छोराछोरी आफ्नै एटेच रुममा बसी गफ गरिरहेका थिए।
बोहोरा कोठामा आइ सोही एटेच बाथरुम भएको कोठामा बसी रुस्लान भोड्का गिलासमा हाली पिउन थाले। चिप्स, काँक्रो पनि उनैले साथमा ल्याएका थिए। मैले मासु चिउरा बोहोरालाई समेत खान दिई छोराछोरीलाई पनि दिएँ।
त्यसपछि भने बोहोराले जथाभावी बोल्न थाले। अपशब्द बोल्न थालेपछि मेरो छोरा टिभी भएको कोठामा गएर खाना खान थाल्यो। म पनि किचनतिर गएँ। मैले भाडा माझ्दै गर्दा कृष्णबहादुरलाई मेरो छोरीले यति रातिसम्म किन कोठामा बसेको भन्दै गाली गरिन्। मैले छोरीलाई अर्को कोठामा टिभी हेरेर बस्नु भनेर पठाइदिए।
बोहोरालाई मैले केही रकम तिर्नसमेत बाँकी थियो। म किचन कोठामा गई सोचविचार गरी उनलाई ठीक पार्नुपर्छ मौका यही हो भन्ने सोचेँ। किचनमा भएको दही कचौरामा राखी त्यसमा ५ वटा स्लिपिङ ट्याब्लेट घोलेर बोहोरालाई दिए। मैले दिएको सबै दही बोहोराले खाए। त्यसको एक घण्टापछि भुइँमा उत्तानो परेर ढले। उनी मेरो मिशन खत्तम भयो भन्दै कराउन थाले।
मैले किचन कोठामा राखेको ह्याम्मर हातमा लिई उनी सुतेको एटेच कोठामा आई कपडा बाहिरबाट बोहोराको अण्डकोष, लिङ्गमा ४/५ पटक प्रहार गरें। त्यसपछि उनी चल्न चल्मलाउन छाडे।
३/४ मिनेटपछि मैले प्रयोग गर्ने मेरो बेडमा भएको कालो रंगको सलले उनको घाँटीमा बेसरी कसी अठ्याएँ। अब यो मर्यो खत्तम भयो भन्ने विश्वास भएपछि मैले उनको दुबै हातको कुममा समाई घिसार्दै सँगै कोठामा रहेको एटेच ट्वाइलेट बाथरुममा तानी आधा जति शरीर बाथरुमभित्र छिराएँ।
शरीरको आधा भाग कोठामै रहेको गलैंचा माथी मेट्रेसमा राखी म किचनमा गई मासु काट्ने फलामको धारिलो हतियार दाउ लिएर आई उनकाे घाँटी रेटी टाउको शरीरबाट छुट्याएँ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस