• जीवनशैली | Jiwanshaili
  • आगलागीमा परी वृद्धको मृत्यु


    झिमरुक– प्युठानमा घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ । ऐरावती गाउँपलिका–१ सल्लीकोटका आज बिहान आइतसिंह विरकट्टाको घरमा आगलागी भएको हो । आफ्नै घरमा लागेको आगलागीमा परी ८० वर्षीय विरकट्टाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिए ।

    विद्युत्को तार सर्ट भई आगलागी भएको र आगलागीबाट विरकट्टाको घर र गोठ पनि जलेको छ । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोली घटनास्थल पुगेको सूचना अधिकारी गैरेले बताए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार