२२ तोला सुनसहित टाटा सुमोमा पक्राउ
चन्द्रागिरीमा २२ तोला ३२ लाल सुनको सिक्रीसहित एक पुरूष टाटा सुमोमा पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट २४ थान अवैध सुनको सिक्रीसहित भारत नकुबार जानादारा जोयपुर हाउराह घर हुने ३१ वर्षीय तपास सस्माललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।
वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज ७९२१ नम्बरको टाटा सुमोलाई उक्त नागढुङ्गास्थित चेक प्वाइन्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टाटा सुमोमा सवार सस्मालले झोलामा लुकाई छिपाई ल्याएको बील भर्पाइ नभएको उक्त तौलको सुनको सिक्रीसहित फेला पारी उनलाई पक्राउ गरेको हो।
सस्माललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस