कर्मचारी अभावले सेवा प्रवाहमा समस्या
लमजुङ जिल्लास्थित मालपोत कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । बेंसीशहर नगरपालिका वडा नं ८ फूलबारी चोकमा रहेको कार्यालयमा दरबन्दीअनुसारका कर्मचारी अभाव रहेको लामो समय भइसकेको जनाइएको छ ।
कार्यालयमा दरबन्दीअनुसार १९ कर्मचारी हुनुपर्ने भए पनि हाल सात जना मात्रै दरबन्दीअनुसार कर्मचारी रहेको कार्यालयका मालपोत अधिकृत ईश्वरकमल श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार दरबन्दीअनुसार प्रमुख मालपोत अधिकृत एक , मालपोत अधिकृत दुई, नायब सुब्बा नासु तीन , खरिदार ११ , लेखापाल एक, कम्प्युटर अपरेटर एक हुनुपर्ने थियो । यीमध्ये मालपोत अधिकृत श्रेष्ठ, नासु रेशमबहादुर रिमाल, पूर्णबहादुर गुरुङ, खरिदार रुद्धप्रसाद गुरुङ, सिर्जना घिमिरे, ज्ञानराज कँडेल, लेखापालमा जनकराज पौडेल मात्र रहेका छन ।
कर्मचारी नभएपछि दुई सहायक कम्युटर अधिकृत अस्थायीमा राखिएको छ भने पाँच कार्यालय सहयोग करारमा राखेको कार्यालयले जनाएको छ ।
कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा ढिलासुस्ती, अनलाइन प्रणालीको काम प्रभावित, जग्गा नामसारी गर्नेलगायतका काम गर्न कठिन भइरहेको मालपोत अधिकृत श्रेष्ठको भनाइ छ । सामान्य काम एक दिनमै हुने भए पनि अन्य काम भने धेरै समय लाग्ने गरेको छ । एक दिनमै हुने जग्गानाम सारी दिन चार दिनसम्म काम सम्पन्न हुन लाग्ने गरेको छ । काम ढिलासुस्ती हुँदा सेवाग्राहीको गुनासा नै गुनासा आउने गरेको यहाँका कर्मचारीको भनाइ छ ।
कर्मचारी अभावले काममा ढिलाइ हुँदा बढी सेवाग्राही भीडभाड हुने र कर्मचारीलाई बढी कामको चाप हुने गरेको छ । दिनहुँ दिन काम थपिँदै जाँदा पहिला पुराना काम गर्ने भएकाले पनि सोही दिनको काम सोही दिनमा नहुने गरेको कार्यालयले जनाएको छ । यहाँ विषेश गरी खरिदारको कमीले बढी समस्या उत्पन्न भइरहेको कार्यालयले जनाएको छ ।
कर्मचारी अभाव भए पनि सक्दो काम भने गर्दै आइरहे पनि समस्या भने धेरै भइरहेको उनको भनाइ छ । कार्यालयमा जग्गा नामसारीलगायतका काम दुई-चार दिन लाग्दा जिल्लाका विगत गाउँगाउँबाट आएका सेवाग्राही होटलमा बस्नुपर्दा र बढी खर्च हुने गर्दा बढी मर्कामा पर्दै आएका छन् ।
कार्यालयबाट सेवाग्राहीले सहज र छिटोछरितोरुपमा सेवा पाउनबाट बञ्चित हुँदै आउँदा निकै दुःख पाएको महसुस हुने गरेको उनीहरुको भनाइ छ । कर्मचारी अभावले सेवा प्रवाहमा समस्या भएको जनाउँदै सम्बन्धित निकायलाई जानकारी गराउँदै आए पनि समस्या जस्ताको त्यस्तै रहेको मालपोत अधिकृत श्रेष्ठले दुखेसो गरे ।
उनले भने, “सम्बन्धित निकायले कर्मचारी उपलब्ध नगराउँदा सेवा प्रवाहमा समस्या भइरहेको छ, सेवाग्राहीको नजरमा कर्मचारीले काम नगर्दाको जस्तो पर्न जाँदा हामीलाई अपजस मात्र हुने गरेको छ । ”
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस