• जीवनशैली | Jiwanshaili
  • स्वीट्जरल्यान्डमा महिलाहरूलाई बुर्का लगाउन प्रतिबन्ध


     

    स्वीट्जरल्यान्डका मानिसहरूले बुर्का तथा निकाबजस्ता मुस्लिम महिलाहरूले लगाउने मुहार ढाक्ने पोशाकको पहिरनमा प्रतिबन्ध लगाउने प्रस्तावलाई झिनो बहुमतले समर्थन जनाएका छन्।

    दक्षिणपन्थी स्वीस पिपल्स पार्टीले अघि सारेको प्रस्तावमाथि जनमत सङ्ग्रह गरिएको थियो। सो दलले अतिवाद रोकौँ नारा पनि अघि सारेको थियो।

    आधिकारिक परिणाममा उक्त प्रस्तावको समर्थनमा ५१।२५ मानिसले भोट हालेका थिए भने विपक्षमा ४८।८५ मानिसले भोट हालेका थिए।

    एक अग्रणी स्वीस इस्लामिक समूहले यसलाई मुस्लिमहरूका निम्ति एक अँध्यारो दिन भनेको छ।

    आजको निर्णयले पुरानो घाउ बल्झाएको छ, कानुनी असमानतालाई फैलाएको छ र मुस्लिम अल्पसङ्ख्यकहरूको बहिष्करणको स्पष्ट सन्देश दिएको छ, सेन्ट्रल काउन्सिल अफ मुस्लिमले एक वक्तव्यमा उल्लेख गरेको छ। उसले परिणाम विरुद्ध अदालतमा चुनौती दिने बताएको छ।

    स्वीस सरकारले प्रतिबन्धको प्रस्तावको विरोध गर्दै महिलाहरूले के लगाउने भन्नेबारे राज्यले निर्देशन दिन नसक्ने जनाएको थियो।

    कतिपय आलोचकहरूले उक्त प्रस्तावलाई बहुलठ्ठीपूर्ण, बेकामे अनि इस्लामप्रति त्रास फैलाउने खालको भनेका छन्।

    स्वीट्जरल्यान्डका चार लाख मुस्लिम समुदायका मानिसमध्ये केही दर्जनले मात्र त्यस्तो पोशाक लगाउने गरेको उनीहरूले औँल्याएका छन्।

    अब उक्त प्रतिबन्ध स्वीस संविधानमा उल्लेखित हुनेछ।


    क्याटेगोरी : प्रवास, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार