• जीवनशैली | Jiwanshaili
  • जन्ती बोकेको गाडी दुर्घटना


    सप्तरीको बोदे बर्साइन नगरपालिकामा जन्ती बोकेको माइक्रोबस दुर्घटनामा परेकाे छ। दुर्घटनामा चालकसहित १२ जना घाइते भएका छन् ।

    ना१ज ८९३८ नम्बरकाे माइक्रोबस दुर्घटनामा परेर घाइते हुने मध्य दुई जनाको अवस्था गम्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। गम्भीर घाइते हुनेमा बोदे बर्साईन नगरपालिका- ८ काचनका वर्ष ४५ का बच्चालाल दास र वर्ष २९ का देवनारायण दास रहेका छन्।

    रुपनी गाउँपालिका १ स्थित युनिक अस्पतालमा  उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार