• जीवनशैली | Jiwanshaili
  • यस वर्षको एसईई परीक्षा सार्वजनिक


    यस वर्षको एसईई परीक्षा जेठ १३ गतेबाट हुने भएको छ। जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा सञ्चालन गर्ने राष्ट्रिय परीक्षा बोर्डको बैठकले निर्णय गरेको हो।

    आगामी एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले बताएका छन् । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो।

    गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी नतिजा प्रकाशित गरेको भएतापनि यस वर्ष भने परीक्षा हुने भएको छ । एसईई परीक्षाको तालिका पनि बोर्डले सार्वजनिक गरेको छ।

     

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार