• जीवनशैली | Jiwanshaili
  • भागरथी भट्टको बलात्कारपछि हत्या गर्ने किशोरलाई बाल सुधारगृह पठाइयाे


    बैतडीको दोगडाकेदार गाउँपालिका–७ की भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका किशोरलाई पुर्पक्षका लागि बाल सुधारगृहमा पठाइएको छ।

    जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले १८ वर्ष नपुगेका कारण किशोरलाई बाल सुधारगृहमा राख्न आदेश दिएको हो । मंगलबार थुनछेक बहसपछि अदालतले डोटीस्थित बाल सुधारगृहमा पठाउन आदेश दिएको हो ।

    गत माघ २१ गते विद्यालयबाट फर्कने क्रममा भट्ट्को हत्या गरेको अभियोगमा फागुन ४ गते गाउँकै ती किशोरलाई प्रहरीले पक्राउ गरेको थियो। उनले बयानका क्रममा आफूले पुरानो रिसइबीका कारण हत्या गरेको स्वीकार गरेका थिए।

    बेपत्ता भएकी भट्टको माघ २२ गते घर नजिकैको जंगलमा शव फेला परेको थियो।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार