• जीवनशैली | Jiwanshaili
  • शिव–पार्वती रथयात्रा


    महाशिवरात्रिको पूर्व सन्ध्यामा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज काठमाडौँमा १२ औँ रथयात्रा गरेको छ । मिलनचोकस्थित बानेश्वर महादेवस्थानबाट शुरु भएको रथयात्रा रत्नराज्य माध्यमिक विद्यालय–पुरानोबानेश्वर–गौशाला–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल–तिनकुने–कोटेश्वर महादेवस्थान–तिनकुने–नयाँबानेश्वर हुँदै रत्नराज्य माध्यमिक विद्यालयअघि पुगेर समापन भएको थियो ।

    यात्राका सहभागीले सभ्यरुपमा महाशिवरात्रि मनाउन आह्वान गरेका थिए । यात्रामा शिव–पार्वतीसँगै पशुपतिनाथको प्रतीकको रथ पनि राखिएको थियो ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस