दुई किलो अफिमसहित भारतीय महिला पक्राउ
मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित एक होटलबाट आज दुई किलो लागुऔषध (अफिम)सहित दुई भारतीय महिला पक्राउ परेका छन् । न्यू विशाल होटलको कोठा नम्बर १०५ मा लुकीछिपी बसेको अवस्थामा प्रहरीले भारत मणिपुर राज्यको राजधानी इम्फालकी ३० वर्षीया लक्ष्मी क्षेत्री र पश्चिम बङ्गाल राज्यको दार्जिलिङ जिल्लाकी ३८ वर्षीया गायत्रीदेवी क्षेत्रीलाई पक्राउ गरेको हो ।
उनीहरुले कालो, निलो रङ्गको प्लाष्टिककोे झोलाभित्र दुई वटा पोका बनाई लुकाइछिपाइ राखेको अवस्थामा प्रतिबन्धित लागुऔषध अफिम फेला पारी लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले सो बरामदसहित पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा थप अनुसन्धानका लागि राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस