• जीवनशैली | Jiwanshaili
  • हावाहुरीले रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध


    पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो ।

    साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिए । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट एस्काभेटर मगाइएको र करीब आधा घण्टामा राजमार्ग सञ्चालन हुने उनले जानकारी दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार