• जीवनशैली | Jiwanshaili
  • दैलेखमा सडक दुर्घटनाः दुईको मृत्यु, तीन प्रहरीसहित ११ जना घाइते


    कर्णाली राजमार्गमा आज भएको सडक दुर्घटनामा दुईकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय जितेन्द्रबहादुर शाही र सोही जिल्ला नरहरिनाथ गाउँपालिका २१ वर्षीय कमल विक रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

    दुर्घटनामा तीन प्रहरीसमेत घाइते भएका छन् । उनीहरूमध्ये रमेश चौधरीको अवस्था गम्भीर रहेको दैलेखका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले बताए । उनले भने, “२१ यात्रुमध्ये दुईको मृत्यु भइसकेको छ । सुर्खेत पठाइएका ११ मध्ये दुईको अवस्था गम्भीर छ । तीन जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

    राजमार्गको दैलेख सडकखण्डको आठबिस नगरपालिका–१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नंको माइक्रोबस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । माइक्रोबस तीव्रगतिमा हुँदा अनियन्त्रित भई राजमार्गबाट १०० मिटर तल खसेको थियो । बसमा कालीकोटबाट २१ यात्रु सवार थिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार