• जीवनशैली | Jiwanshaili
  • रहेनन् अग्रज पत्रकार सुशील शर्मा


    अग्रज पत्रकार सुशील शर्माको ६३ वर्षका उमेरमा चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ । उनले एक वर्षअघि फिस्टुलाको शल्यक्रिया गराएका थिए । रोग पूर्णरुपमा निको नभई समस्या भोगी रहेका उनको आज निधन भएको पारिवारिक स्रोतले जनाएको छ । तीन दिनदेखि उनी सोही अस्पतालमा उपचाररत् थिए ।

    राइजिङ नेपाल, काठमाडौँ पोष्ट, स्पोर्टस लाइट र बीबीसी नेपाली सेवामा लामो समयसम्म पत्रकारिता गरेका वरिष्ठ पत्रकार शर्मा नेपाल वातावरण पत्रकार समूहका कार्यसमितिमा रही केही समय योगदान पुर्‍याएका थिए ।

    आफूमात्र होइन, पत्रकारिता क्षेत्रमा लाग्ने सबै व्यक्ति मेहनत र इमान्दार हुनुपर्छ भन्ने मान्यतामा प्रतिबद्ध रहेका उनी मिलनसार, देखेको कुरा भन्ने र लेखेका कुरामा अडिक स्वाभाव रहेको उनका समकक्षी वरिष्ठ पत्रकार तीर्थ कोइरालाले स्मरण गर्छन् ।

    उनको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ । स्व शर्माका श्रीमती र एक छोरा छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार