• जीवनशैली | Jiwanshaili
  • रुपन्देहीबाट पेस्तोलसहित तीनजना युवा पक्राउ


    रुपन्देहीबाट तीनजना युवा पेस्तोलसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका–९ बेतकुइयाका २४ वर्षीय सुरज हरिजन, सोही ठाउँका २३ वर्षीय तौलन हरिजन र सम्मरीमाई– ७ भुन्डिहवाका सहिल मुसलमान रहेका छन् ।
    रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाका अनुसार उनीहरुलाई मर्चवारी गाउँपालिका–७ कञ्चनापुरमा चेकजाँच गर्ने क्रममा कटुवा पेस्तोल सहित फेला पारिएको थियो । उनीहरु ५५ एन ४९४८ नम्बरको भारतीय मोटरसाइकलमा सवार थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार