स्याङ्जा पत्रकार समाजमा इन्द्र रिजालको नेतृत्व
स्याङ्जामा जन्मथलो भई विभिन्न क्षेत्रमा क्रियाशिल पत्रकारहरुको भेलाले स्याङ्जा पत्रकार समाज गठन गरेको छ । गत शनिवार काठमाडौंको बालाजु बाइसधारा पार्कमा समाजको प्रथम भेला सम्पन्न भएको हो । सम्पन्न भेलाले वरिष्ठ पत्रकार इन्द्र रिजालको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समिति र ७ सदस्यीय सल्लाहकार समितिको चयन समेत गरेको छ ।
जुनसुकै क्षेत्रमा भएपनि जन्मभूमिलाई माया गर्ने स्याङ्जाली पत्रकारबीच भाइचारा बढाउने उद्देश्यले समाजको गठन गरिएको अध्यक्ष रिजालले बताए । ‘स्याङ्जामा जन्मथलो भएर पनि विभिन्न देश विदेशमा रहेर पत्रकारिता क्षेत्रमा आफ्नो योगदान दिनुहुने सबैमा भाइचारा बढाउने लक्ष्य हामीले राखेका छौं,’ उनले भने, ‘साथै यस क्षेत्रमा आउन चाहने हाम्रा नयाँ पुस्ताका लागि पनि हामीले केही गर्नु पर्छ भन्ने लागेर नै हामीले यो समाजको गठन गरेका हौं ।’
स्याङ्जाली पत्रकारहरूबीच एकता, आत्मियताको अभिबृद्धि गर्दै एकआपसमा सहयोग र सल्लाहको आदानप्रदान गर्ने तथा अन्य रचनात्मक काम गर्ने उद्देश्य पनि समेटिएको रिजालले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस