मिलको फित्तामा बेरिएर महिलाको मृत्यु
भोजपुर- मिलको फित्तामा सल बेरिएर यहाँ एक महिलाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका–१ ओख्रेकी ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको फित्तामा सल बेरिँदा घाइते भई उपचाररत रहँदा मृत्यु भएको हो ।
शनिबार साँझ ५ बजे सोही स्थानका योगेन्द्र राईको विद्युतीय लाइनबाट चल्ने मिलमा धान कुटाउने क्रममा बानियाँले घाँटीमा लगाएको सल मिलका फित्तामा बेरिँदा घाइते भएकामा उपचारका क्रममा स्थानीय सङ्गीता मेडिकल ओख्रेमा गए राति साढे ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शव परीक्षणका लागि आज जिल्ला अस्पताल ल्याइँदै गरेको भोजपुर प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस