सम्पदा क्षेत्र निर्माण गर्दा नेपाली शैली र मौलिकता अपनाइने
वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका विभिन्न जिल्लामा सडक यातायात, सिँचाइ, तालतलैया, सम्पदा, र राजकुलो निमार्णका लागि प्रदेश सरकारले नेपालीशैली र मौलिकतालाई अवलम्बन गर्नु निर्देशित दिइएको बताएका छन् ।
वाग्मती प्रादेशिक एवंं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमका लागि प्रदेशका विभिन्न जिल्लाका जनप्रतिनिधि र भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जीव बरालबीच भएको सम्झौताको हस्तान्तरण समारोहमा आज उनले प्रदेश राजधानी हेटौँडालगायत काठमाडौं उपत्यकाका ढुङ्गेधाराको पुनर्निमाण, सडकलाई कालोपत्र गर्ने र तुइनलाई विस्थापित गर्ने कार्यमा सरकारले उच्च प्रथामिक्ता दिई कार्य गरेको उल्लेख गरे ।
उनले आफ्नो मन्त्रालयले तीन वर्षको अवधिभित्र प्रदेशका १३ जिल्लामा ८९० किलोमिटर सडक निर्माण, ४०५ किमि सडकमा ग्राभेलिङ र २१९ किमि सडकमा कालोपत्र गर्ने कार्य समपन्न गरेको पनि स्पष्ट पारे । मन्त्री फुयाँलले प्रदेशका विभिन्न जिल्लामा अहिलेसम्म गरी ३३ वटा पक्की पुलको निर्माण सम्पन्न गरिसकिएको र अहिले काठमाडौँ उपत्यका, मकवानपुरको थाहा नगरपालिका र ललितपुर, नुवाकोटमा समेत गरी २४ वटा राजकुलोको निर्माण कार्यलाई तीव्रता ल्याइएको बताए ।
उनले सडक यातायात, झोलुङ्गे पुल, तालतलैया, सिँचाइको निर्माण गर्ने क्रममा दिगो र जीवन्त राख्न सकिने र गुणस्तरीय सेवा निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधन र प्राविधिक जनशक्ति उपलब्ध गराइसकिएको उल्लेख गरे । मन्त्री फुयाँलले प्रदेश राजधानी हेटौंडाअन्तर्गत पर्ने पूर्व–पश्चिम राजमार्गको चुरियामाई मन्दिर नजिक ऐतिहासिक १०४ वर्ष पुरानो २०० मिटर सुरुङमार्ग निर्माणका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्रको सूचना आह्वान गरिसकिएको र छिट्टै निर्माण शुरु गरिने बताए । उनले मकवानपुरको थाहा नगरपालिकाको दामन, पालुङ, चित्लाङमा गरी ऐतिहासिक ११ र उपत्यकाको तीन गरी १४ वटा ढुङ्गेधाराको निर्माणलाई प्रदेश सरकारले तीव्रता दिइरहेको बताए ।
समझौता हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेश प्रादेशिक एवंं स्थानीय सडक निर्माण र सुधार कार्यक्रमका प्रमुख अधिकृत मोहन चापागाईले प्रदेशका विभिन्न जिल्लाबाट सडक र झोलुङ्गे निर्माणका लागि माग भई आएका ६० वटा निवेदनमाथि एक हप्ताभित्र छानबिन गरी पहिलो चरणमा ठाउँ तोकिने र बोलपत्र आह्वान गर्न गृहकार्य भइरहेको जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस