किशोरी बलात्कार गरी गर्भवती बनाएको आरोपमा एक पक्राउ
किशोरी बलत्कार गरी गर्भवती बनाएको आरोपमा ३० वर्षीय रमेश हजरा पासवानलाई प्रहरीले पक्राउ गरेको हो।
बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहराका रमेशलाई प्रहरीले गत बिहीबार पक्राउ गरी जबरजस्ती करणीको मुद्दामा अनुसन्धान अघि बढाएको छ।
उनले विवाह गर्ने आश देखाएर १७ वर्षीया किशोरीलाई वीरगञ्जको लजमा लगेर बलात्कार गरेको पर्सा प्रहरीले जनाएको छ।
पटक पटक करणी गरी गर्भ बोकाएको भन्दै फागुन २१ गते प्रहरी कार्यालयमा उजुरी परेको थियो। उजुरी पछि फरार रहेका पासवानलाई प्रहरीले पक्राउ गरेको छ।
उनीमाथि अनुसन्धान गर्न आइतबार पर्सा जिल्ला अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको सन्चार माध्यमले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस