बलात्कारको झुटो आरोप लगाउने महिलालाई तीन वर्ष छ महिना कैद
बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ । सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए । अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस