• जीवनशैली | Jiwanshaili
  • गुम्वाको नाममा अवैध रूपमा चन्दा उठाउदै ठगी गर्ने ५ जना पक्राउ


    गुम्बाको नाममा अवैध रुपमा चन्दा रकम उठाई ठगी गर्दै हिँडिरहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

    पोखरा महानगरपालिका १ नयाँगाउँ मितेरी टोलस्थित मितेरीपुल नजिकै ठगी गर्दै हिँडिरहेको अभियोगमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका ९ पृथ्वीचोक बस्ने मकवानपुर बकैया गाँउपालिका १ आहालडाँडा घर भएका छिरिङ भन्ने ३७ वर्षीय निमा तामाङ, ६० वर्षीय धन बहादुर लामा, ३५ वर्षीय पदम बहादुर लामा, २६ वर्षीय बिजय लामा र ३५ वर्षीय जित बहादुर थिङ रहेका प्रहरीले जनाएको छ ।

    रौतहटको रसिद लिई अवैध रुपमा चन्दा रकम उठाउँदै हिँडेको भन्ने उजुरी पछि प्रहरीले प्रक्राउ गरेको हो । उनीहरुको साथबाट चन्दा बापत उठाएको रकम ४२ हजार ४ सय ९१ रुपैयाँ, रसिद ठेली, बिभिन्न फाईल तथा रजिष्टरहरु र फोटो समेत प्रहरीले बरामद गरेको छ ।

    उनीहरु उपर ठगी सम्बन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप भई अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार