• जीवनशैली | Jiwanshaili
  • बाघ, गैँडा र हात्तीकोे मृत्यु


    चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा फागुनमा तीन गैँडा तथा एक बाघ र एक हात्ती मरेका छन् । निकुञ्ज क्षेत्रमा १५ चित्तल, दुई घोरल तथा एक बँदेल र एक रतुवाको कालगति तथा वन्यजन्तुको आक्रमणबाट मृत्यु भएको सेनाले जनाएको छ ।

    सो अवधिमा पर्सा राष्ट्रिय निकुञ्जमा दुई बँदेल, शुक्लाफाँटामा एक चित्तल, लामटाङमा एक निर बिरालो, घोरल र सेतो बाँदर तथा शिवपुरी नागार्जुन क्षेत्रमा बिरालो प्रजातिको एक जनावर मरेको अवस्थामा फेला परेका थिए ।

    बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक लङ्गुर र दुई बँदेल मृतावस्थामा फेला परेका थिए । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पाँच चित्तल, दुईदुई बँदेल, चौका, बाँदर र बिरालो तथा एकएक रतुवा र चरीबाघ सवारी साधनको ठक्कर र जङ्गली कुकुरका आक्रमणबाट मारिएको सेनाले जनाएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक मृग तथा कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्रमा एक अर्ना र दुई हरिण पनि फागुनमा मरेका थिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार