दश दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो
आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।
बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए ।
पैँतीस ३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस