दश दिनपछि कर्णाली किनारमा रजनीको शव भेटियो

आठबीस नगरपालिका–३ दैलख निमाइलकी सात वर्षीया रजनी बडुवालको शव १० दिनपछि कर्णाली नदी किनारमा भेटिएको छ । गत फागुन २४ गते रजनी, उनकी आमा सुकी बडुवालसहित एकै परिवारका पाँचजनाले कर्णाली नदीमा हामफालेका थिए । रजनीको शव मङ्गलबार दैलेख प्रहरीले कर्णाली नदी किनारमा अछामको असाराघाट नजिकै भेटेको हो ।
बालिकाको शव डोरीले बाँधिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्लाप्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षकले सडिसकेको अवस्थामा शव भेटिएको र आफन्तले शवको पहिचान गरेपछि परीक्षणका लागि अछाम पठाउने तयारी गरिएको जानकारी दिए ।
पैँतीस ३५ वर्षीय आमा सुकु, १४, ११ र पाँच वर्षीया छोरीहरू कल्पना, सरिता र रजनी तथा आठ वर्षीय छोरा ललितले कर्णाली नदीमा हामफालेका थिए । आमा सुकीसहित दुई दिदी र दाइको शव फागुन २५ गते भेटिएको थियो । चारै जनाको दाहसंस्कार भइसकेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस