बाघको आक्रमणमा एकको मृत्यु
बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए ।
बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ । रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस