नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास
जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित रु ४० हजार दण्ड जरिवाना गर्ने फैसला गरेको अदालतका स्रेस्तेदार धनबहादुर कार्कीले बताए । यस्तै कसुरदार पुरुषले पीडित राहतकोषमा रु चालिस हजार जम्मा गर्नुपर्नेसहितको फैसला अदालतले गरेको जिल्ला अदालत उदपुरले बताएको छ ।
गत भदौ ९ गते आफ्नै नातिनीलाई बलात्कार गरेको कसुरमा हजुरबुबाविरुद्ध प्रहरीमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालयले ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान गरी अदालतको आदेशानुसार अदालतमा मुद्दा दर्तासँगै पूर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस