बिनाधितो तीन लाख उद्यमशील कर्जा दिने
युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने कार्यक्रम शुरु गरेको छ । चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज रु तीन लाख कर्जा दिनेबारे बुधबार सहमति भएको हो । राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरेको छ । तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रु तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ । कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए ।
नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने बताए । युवालाई उद्यमशीलताका लागि बिनाब्याज रु तीन लाख ऋण दिएर कार्यक्रम सञ्चालन गर्ने चाँगुनारायण देशकै पहिलो नगरपालिका हुने भएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस