• जीवनशैली | Jiwanshaili
  • अफगानिस्तानमा बम विष्फोट


    अफगानिस्तानको राजधानी काबुलमा भएको बम विष्फोटमा परी तीनजनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् ।

    अधिकारीहरुका अनुसार सरकारी कर्मचारी बोकेको गाडीमा आज बम विष्फोट गराइएको हो ।

    काबुल प्रहरीका प्रवक्ताले तीनजनाको मृत्यु भएको पुष्टि गरे पनि यस विषयमा अन्य थप जानकारी भने दिएका छैनन् ।

    रुसको मस्कोमा अफगानी सरकारका प्रतिनिधि, तालिबान, अमेरिका, रुसलगायत मुलुकका प्रतिनिधिहरुबीच भेटवार्ताको तयारी भइरहेको अवस्थामा काबुलमा उक्त विष्फोट भएको हो ।

    घटनाको जिम्मेवारी हालसम्म कुनै पनि संगठनले नलिएकाे सन्चार माध्यमले जनाएकाे छ ।

    तर, पछिल्लो समय सरकारी कर्मचारी, सामाजिक कार्यकर्ता र पत्रकारहरुमाथि तालिबानले आक्रमण गर्दै आएको अफगान सरकारले आरोप लगाएकाे छ ।


    क्याटेगोरी : प्रवास, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार