सुत्केरीको शंकास्पद मृत्यु

दुल्लु- ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो । मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । बुधवार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान् शेरबहादुरसँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।
प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान् शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ । मृतक हस्तनाका यसअघि तीन छोरी छन् । नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन् । मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस