भ्याट छली गरेको अभियोगमा मुद्दा
राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल बनाई राजश्व छली गरेको अभियोगमा सन्तोषी निर्माण सेवा प्रालिका प्रमुख केशवराज कँडेलसहित तीन जनाविरुद्ध आज पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।
विभागका अनुसार पौडेलविरुद्ध रु एक करोड ८९ लाख २७ हजार ११२ बराबरको बिगो असुल गरी कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो । सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माण सेवाले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिको नागरिकता र सहीछाप दुरुपयोग गरी त्यस्ता व्यक्तिका नाममा राजश्व चुहावट गरेको पाइएको छ ।
विभागले सन्तोषी/लोहनी जेभीका सञ्चालक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेलविरुद्ध पनि समान बिगो कायम गरेको छ । विभागका अनुसार उनीहरुले सर्वसाधारणको नागरिकता र सहीछाप दुरुपयोग गरेर रु ३३ लाख ३१ हजार २२ बराबरको भ्याट र रु ५९ लाख ४६ हजार ४६८ बराबरको राजश्व चुहावटसमेत गरेको पाइएको छ । सन्तोषी–रौताहा जेभीको नाममा उनीहरुले उक्त कसुर गरेको पाइएको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस