मोटरसाइकलको ठक्करबाट ट्राफिक हवल्दार घाइते
मोटरसाइकलको ठक्करबाट रौतहटस्थित ड्युटीमा खटेका ट्राफिक हवल्दार घाइते भएका छन् । बिहीबार साँझ साढे ७ बजेको समयमा गौर चन्द्रनिगाहपुर सडक खण्डअन्तर्गत सुकदेव चोकस्थित मोटरसाइकलले ठक्कर दिँदा ड्युटीमा खटेका ट्राफिक हवल्दार रामचन्द्र दास घाइते भएका हुन् ।
बिना नम्बरको R15 एस मोटरसाइकलका चालक गरुडा-६ पोठियाहिका अवलेस साहका छोरा वर्ष २२ का अनिल गुप्ताले ठक्कर दिँदा हवल्दार दासको टाउकोमा चोट लागेको हो । घाइते हवल्दार दासको स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि राति नै एलएस न्युरो अस्पताल वीरगञ्ज पठाएको डिएसपी रवि रावलले जानकारी दिए । हाल घाइते हवल्दारको अवस्था सुधार भैरहेको डिएसपी रावलले बताए ।
मोटरसाइकल चालकले अत्यधिक मदिरा सेवन गरि ट्राफिक हवल्दारलाई ठक्कर दिएको ईलाका प्रहरीले जनाएको छ । चालकलाई ईलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । चालक गुप्तासँग मोटरसाइकलको ब्लुबुक र चालक अनुमतिपत्र पनि घटना स्थलमा नरहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस