दुर्घटनामा मृत्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित सडकखण्डमा आज ट्रकले ट्र्याक्टरलाई ठक्कर दिँदा ट्र्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टर चालक बारा जिल्ला दक्षिण झिटकैया–८ का ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए । घाइतेको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पूर्वबाट पश्चिततर्फ जाँदै गरेको ना६ख ३४२५ नंको ट्रकले सोही दिशाबाट जाँदै गरेको ना६त ६१९९ नंको ट्र्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । यता ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार रहेको र उनको खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस