• जीवनशैली | Jiwanshaili
  • असी युवालाई होटेल तालीम प्रदान


    कोथिना मीठो छ नामक होटेल तालीम केन्द्रको आयोजनामा असी युवालाई होटेल तालीम प्रदान गरिएको छ । होटेल व्यवस्थापन तथा पर्यटन शिक्षामा एक दशकदेखि लाजिम्पाटमा निरन्तर सेवा प्रदान गर्र्दै आएको उक्त केन्द्रले बेकरी, हाउस किपिङ, वरिष्टा, कुकिङ, बार टेन्डर तथा वेटर तालीम सम्पन्न गरेको हो । तालीम सम्पन्नसँगै उक्त विद्यार्थीलाई आज प्रमाणपत्रसमेत वितरण गरिएको छ ।

    कार्यक्रममा ग्यास्टोनोमी टुरिजम एसोसिएशन अफ नेपालका अध्यक्ष एवम् नेपाली फुड गुरु सुरेशचन्द्र बस्नेतले विद्यार्थीले सीप सिकेसँगै रोजगार प्राप्त हुने र उनीहरु लाभान्वित हुने बताए । उनले नेपाली खानालाई विश्वमाझ फैलाउनका लागि यस्ता तालीमले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    इन फ्लाइट सेफ वेद अधिकारी, वरिष्ठ प्रशिक्षक लक्ष्मी भारतीलगायतले तालीमले स्वदेश तथा विदेशमा रोजगारीको सम्भावनामा वृद्धि भएको उल्लेख गरे । एक दशकदेखि सेवा प्रदान गर्दै आएको होटेल तालीम केन्द्रले अहिलेसम्म दुई हजारभन्दा बढी विद्यार्थीलाई होटेलसम्बन्धी विभिन्न तालीम प्रदान गरिसकेको केन्द्रका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्र पोखरेलले जानकारी दिए । सो केन्द्रले आफ्नो होटेल तथा रेष्टुरेन्टसमेत सञ्चालनमा ल्याएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस