महिलालाई जिउँदै खाल्डोमा पुरेको आरोपमा पक्राउ
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खोल्सीस्थित सडकमा महिलालाई जिउँदै खाल्डोमा हालेर पुरेको आरोपमा प्रहरीले एक स्काभेटरका चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको छत्रेश्वरी गाउँपालिका– ६ बस्ने २२ वर्षका जीवन भन्ने भीमबहादुर बुढाथोकी रहेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले जनाएको छ ।
काम गर्ने क्रममा स्काभेटरले ठक्कर दिएपछि नजिकै रहेको खाल्डोमा पुरेर भागेका उनलाई कञ्चनपुरथित नेपालभारतको सीमा क्षेत्र गड्डा चौकीबाट पक्राउ गरिएको सिआइवीका निर्देशक प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले बताए । आज काठमाडौँमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरिएको छ । गएको फागुन १७ गते सडक मर्मत गर्ने क्रममा सोही ठाउँ बस्ने वर्ष ४० की सरस्वती कुमाललाई ठक्कर दिएपछि जिउँदै खोल्डोमा हालेर पुरिएको थियो ।
स्काभेटरको सहयोगमा प्रहरी र स्थानीयले खाल्डोबाट उनको शव निकालेका थिए । आक्रोसित स्थानीयले सोही बेला स्काभेटरसमेत जलाएका थिए । उक्त घटनापछि बुढाथोकी फरार थिए । उक्त घटनाको श्रव्यदृश्य समाजिक सञ्जालमा भाइरल बनेको थियो । भागेर भारत गएकाले तत्कालै पक्राउ गर्न सकिएको थिएन । उनी एक पटक नेपालगञ्ज आएको बेलामा पिछा गरेपनि प्रहरीको हातबाट फुत्किएको थापाले बताए । त्यसपछि भागेर भारत जाने क्रममा कञ्चनुपुरस्थित सीमा क्षेत्रबाट पक्राउ गरिएको थापाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस