चाल्नाखेलमा दुई विद्यार्थी मृत फेला
काठमाडौँको दक्षिणकालीस्थित चाल्नाखेलमा आज दुई विद्यार्थी मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । काठमाडौँको बाङ्गेमुढामा बस्ने उनीहरु चाल्नाखेलमा मृत फेला परेका हुन् । घटना शङ्कास्पद देखिएकाले प्रहरीले अनुसन्धान थालेको छ । मृत्यु हुनेमा नुवाकोट घर भई काठमाडौँ बस्दै आएका १६ वर्षका अर्जुन खड्का र काभ्रेपलाञ्चोकका १८ वर्षीय मङ्गल तामाङ रहेका छन् । दुवै कक्षा १० का विद्यार्थी हुन् ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले घटनास्थल नजिक विषादीका बोतल फेला परेकोसमेत बताए । प्रहरीले कुकुरसहित फरेन्सिक ल्याबको टोली लगेरसमेत घटनास्थलको अनुसन्धान गरेको छ । प्रहरीका अनुसार उनीहरु बिहीबार बिहानदेखि घरबाट हराइरहेका थिए । शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको र रिपोर्टपछि मात्रै मृत्युको कारण भन्न सकिने बस्नेतले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस