समाचार पढेर सुत्केरीलाई सहयोगको प्रतिबद्धता
सुत्केरीको समस्याबारे सार्वजनिक समाचार पढेर विभिन्न क्षेत्रबाट उनलाई सहयोग गर्ने प्रतिबद्धता आएको छ । काठमाडौँ काँडाघारी बस्ने ओखलढुङ्गाकी २१ दिनकी सुत्केरी विनिता भुजेललाई श्रीमान्ले छाडेर गएपछि उनलाई अहिले दैनिकी चलाउन धौधौ परेको छ ।
सोही विषयमा शुक्रबार ‘सुत्केरीको रोदन: मुठी सास र थोपा रगत रहेसम्म छाड्दिन भन्थ्यो…’ शीर्षकमा समाचार सार्वजनिक गरेको थियो ।
समाचारमार्फत विनिताको समस्या थाहा पाएर अमेरिका बस्ने सरिता गुरुङले रु १० हजार र काठमाडौँ निवासी प्रितम काफ्लेले रु १० हजार सहयोगको घोषणा गरिसकेका छन् । यस्तै सन्दिप बस्नेतले सुत्केरीका लागि चाहिने आवश्यक खाद्य सामग्री सहयोग दिँदै छन् । अन्य क्षेत्रबाट समेत सहयोग गर्ने प्रतिबद्धता आएको छ । आज केही सहयोग सामग्री उनलाई उपलब्ध गराउने बस्नेतले जानकारी दिए । चौध वर्षअघि उनिहरुबीच प्रेम विवाह भएको थियो । अहिले २१ दिनकी सुत्केरी हुँदा श्रीमान् कहाँ गए कसैलाई पत्तो छैन । उनले गत फागुन २० गतेदेखि श्रीमान् सम्पर्कविहीन भएको बताए । अहिले तत्काल ज्याला मजदूरी गर्नसक्ने अवस्थामा नरहेकाले सुत्केरीको समयसम्म केही महिनाका लागि सहयोग पाए त्यसपछि आफैँ ज्याला मजदूरी गरेर दैनिकी चलाउन सक्ने उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस