प्रदेशस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न
इन्द्रेणी थिएटर पोखरा र लायन्स क्लबको संयुक्त आयोजनामा गण्डकी प्रदेशमा रहेका विद्यालयलाई समेटेर ‘क्यान भााषमा बालमनोविज्ञान’ प्रदेशस्तरीय विद्यालय चित्रकला प्रतियोगिता २०७७ शनिबार सम्पन्न भएको छ ।
दुई चरणमा सम्पन्न गरिएको प्रतियोगितामा सम्पन्न प्रतियोगितामा प्रथम चरणमा सहभागिता जनाएका १९७ चित्रमध्येबाट उत्कृष्ट १२ प्रतियोगी छनोट गरिएको इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमा प्रथम चरणबाट छनोटमा परेका उत्कृष्ट १२ प्रतियोगीले कार्यक्रमस्थलमा नै चित्र बनाएका थिए । स्थलगतरुपमै कोरिएका चित्रलाई निर्णायकले मूल्याङ्कनबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरेका थिए ।
उनीहरु क्रमशः कुमुदिनिहोम्स माविका युकेस सुनार, हिलप्वाइन्ट माविका सपना नेपाली, कास्की मोडनाइज्ड एकेडेमीका जेसिकातिलिजापुन र गण्डकी बोर्डिङ स्कुलकास्वरुप माकाजु छन् । उनीहरुले क्रमशः रु नौ हजार, छ हजार, तीन हजार र एक हजार नगद पुरस्कारसहित मायाको चिनो र प्रमाणपत्र प्राप्त गरेका थिए ।
कार्यक्रममा प्राज्ञ तथा विम्ब कवि रमेश श्रेष्ठले विद्यालयले कला क्षेत्रलाई प्राथमिकतामा राखेर अध्ययन अध्यापन गराउनु निकै प्रशंसनीय कार्य भएको बताए । कलासंस्कृतिलाई जीवन्त राख्ने यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै बालबालिकाको प्रतिभालाई प्रष्फुटन गर्नुपर्ने उनको भनाइ थियो ।
निर्णयक संयोजक वरिष्ठ चित्रकार कृष्ण मर्सानीले कलालाई निरन्तर साधना गर्नसक्ने हो भने व्यक्तित्व विकास र जीवन भोगाइमा निकै असर कार्य गर्ने सकिने बताए । लायन्स क्लबका अध्यक्ष सुनिलकुमार ठाकुरले चित्रकला महत्वका बारेमा प्रकाश पारेका थिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस