सफा र सुन्दर बन्दै सीतापुर बजार
सिरहाको लक्ष्मीपुर गाउँपालिका– ६ सीतापुर बजार अहिले आफ्नो पहिचान फेर्न लागेको छ ।
स्थानीय तहका जनप्रतिनिधिले उदाहरणीय काम गरेसँगै सो बजारले मुहार नै फेरेको हो । सडक अतिक्रमण र फोहर समस्याकोे सिकार बन्दै आएका सितापुरमा अहिले विकासको लहरले तिव्रता लिएको छ ।
सीतापुर गाउँपालिका– ६ का नवनिर्वाचित वडाध्यक्ष राजेश्वर साह सुडीले सीतापुर बजारस्थित आफ्नो घर र पर्खाल भत्काएर सडक अतिक्रमण हटाउने अभियान शुरुआत गरेपछि स्थानीयले पनि सडकमा पर्ने आफ्नो पर्खाल र घर आफैँ भत्काउन थालेका छन् ।
जनप्रतिनिधि आएसँगै गणेशपुर–सीतापुर–नर्गी बोर्डरसम्मको उक्त सडकलाई २२ फिटबाट ३४ फिटको बनाउन थालिएपछि बजार फराकिलो र सुन्दर बनेको स्थानीयले बताएका छन् । सडक साँघुरो हुँदा यातायात आवागमन असहज हुनुका साथै दुर्घटनासमेत अत्यधिक हुँदै आएको थियो । सडक स्तरोन्नतिको कामसँगै यो समस्या अन्त्य हुने भएपछि आफूहरु खुशी भएको उनको कथन छ ।
बीससम्म जनप्रतिनिधि नहुँदा विकास निर्माण ठप्प भएको थियो । जनप्रतिनिधि आएपछि गाउँपालिकामा विकासको लहर सिर्जना भएको अर्का स्थानीय शङ्कर साहको भनाइ छ । अब सडक, नाला र बिजुली बत्ती जस्ता पूर्वाधार विकासमा गाउँपालिका र वडा कार्यालयले जोड दिएकाले विकास लहरबढेसँगै स्थानीयमा उत्साह थपिएको उनी बताउँछन् ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने सिरहाको लहान नगरपालिकादेखि करीब पाँच किलोमिटरको दूरीमा मात्र रहेको सीतापुर बजारमा बाटो स्तरोन्नतिसँगै पानी निकासीका लागि नाला निर्माणको कामसमेत तीव्ररुपमा भइरहेको अर्का स्थानीय शङ्कर साहको भनाइ छ ।
उनी भन्छन्, ‘सडक र नाला निर्माणको धमाधम हुन थालेपछि आफूहरु उत्साहित भएका छौँ ।’ बाटो स्तरोन्नति भएपछि यातायात आवागमन सहज हुनुको साथै बजारको विकास पनि छिटै हुने र बजारमा पानी थुनिने समस्याबाट समेत छुटकारा पाउने भएपछि हामी सबै उत्साहित भएको साहको कथन छ ।
बजारको कुरुप र वर्षायाममा पानी जम्ने समस्यालाई दृटिगत गरी चालू आर्थिक वर्ष २०७४/०७५ को वडास्तरी विकास योजनाबाट सडक स्तरोन्नति र नाला निर्माणको काम शुरु गरिएको वडाध्यक्ष राजेश्वर साह सुडीको कथन छ ।
योजना सञ्चालन भएपछि स्थानीयमा देखिएको उत्साहबाट आफू पनि योजना सफल बनाउन थप हौसिएको वडाध्यक्ष सुडी बताउछन् । स्थानीयहरुकै आग्रहमा आफू विदेशमा रहेको व्यवस्थापनको जागिर छाडेर वडाध्यक्षमा जितेको स्मरण सुनाए। उनी भन्छन्, ‘स्थानीयले नै आग्रह गरेपछि सीतापुर बजारलाई सुन्दर र सफा शहर बनाउन पहिलो योजना नै यहाँ सञ्चालन गरेका हौँ ।’ यस योजनालाई सफल बनाउन स्थानीयसमेत उत्साहितपूर्वक लागेको उनको भनाइ छ ।
सडकमा जथाभावी फोहरमैला प्रवृत्तिलाई निरुत्साहित गर्ने उद्देश्यले बजारको ठाउँठाउँमा फोहर फ्याँक्ने डस्टिबिन रााखिने योजनासमेत बनाइको वडाध्यक्ष सुडी बताउछन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस