• जीवनशैली | Jiwanshaili
  • पानीको महत्व तथा संरक्षण


    बढ्दो जनसंख्या, कृषि र उद्योगको बढ्दो माग र जलवायु परिवर्तनले पानी चरम खतरामा छ ।

    पानी जीवनको लागि आधारभुत आवश्क्ता हो । सन् १९९३ देखि प्रत्येक वर्ष मार्च २२ मा विश्व जल दिवस, ताजा पानीको महत्त्वमा केन्द्रित रहेर मनाइन्छ।  यो विश्वव्यापी जल संकट समाधान गर्न सचेतना गराउने उत्सव  हो। विश्वमा देखा परेको स्वच्छ खानेपानीको सङ्कट र यसको समाधानमा व्यक्ति, समुदाय, विभिन्न तहका सरकार तथा गैरसरकारी क्षेत्रलाई सजग, सचेत, सक्षम र सबल बनाउनका लागि संयुक्त राष्ट्रसङ्घले सन् १९९३ देखि मार्च २२ लाई विश्व पानी दिवसका रुपमा मनाउन थालेको हो ।

    विश्वमा धेरैजना पानीको अभावमा छन् र तिनीहरुलाई सचेत गराई जागरूक गर्ने काम विश्व पानी दिवसले गरिरहेको छ । यो विश्वभरिमा भएका पानीको अभावसँग कसरी लड्ने भन्ने कार्यमा आधारीत छ ।

    अहिले बढ्दै गरेको जनसंख्या तथा मौसम परिवर्तनको कारण पानीको ठूलो अभाव भइरहेको छ ।

    अहिले हामी समुदायमा इनार, बोरिङ, ट्यांकर, आकाशे पानी जस्ता विभिन्न तरिकाबाट पानीको आवश्यकतालाई पुरा गरिरहेको छाैँ । त्यसैले हामीले पानीको महत्वमा ध्यान दिइरहेका छैनन् ।

    यस वर्षको ‘विश्व पानी दिवस’ को प्रसङ्ग रहेको छ; मानिसको लागि पानी के हो, यसको वास्तविक महत्व र हामीले कसरी यो अत्यावश्यक स्रोतको संरक्षण गर्न सक्छौं ।

    विश्व जल दिवस २०२१ ‘पानीको मूल्य’ भन्ने विषयवस्तुमा केन्द्रित रहेको छ।  मान्छेले निर्धारण गरेको मूल्य भन्दा पानी  पर्यावरण, सामाजिक, र सांस्कृतिक मूल्यमा धेरै मूल्यवान छ भन्ने रहेको छ । पानीको मूल्य यसको आर्थिक मूल्य भन्दा बढी हो ।  घर, संस्कृति, स्वास्थ्य, शिक्षा, आर्थिक तथा हाम्रो प्राकृतिक वातावरण हरेकमा पनीको ठूलो महत्व छ । पानीले धेरै ऊर्जा स्रोतहरुको कार्यमा सहायता गर्दछ ।

    पानी-बिजुली, आणविक र ताप सम्बन्धि ऊर्जाको उत्पादनलाई पानीको आवश्यकता पर्छ । विश्वभरी केबल १% पानी मात्र पिउन योग्य छ । वार्षिक १५ लाख मानिसहरुको प्रदूषित पानीका कारण मृत्यु भइरहेको छ । २५ लाख मानिसहरु सरसफाइ बिहिन छन् र करिब ६ मध्य १ जना मानिस पानीको पहुँचमा छैनन् ।

    धेरै मानिसको मृत्यु युद्ध र हिंसाले भन्दा पनि असुरक्षित पानीले भइरहेको छ । हरेक ६० सेकेन्डमा झाडापखालाको कारण १ जना बालकको मृत्यु हून्छ । पानीको समस्या ठूलो छ तर यस्को समाधान गर्न नसकिने भन्ने होइन । तपाईंले तलका कुराहरु गरेर पानीलाई संरक्षण गर्न सक्नुहुन्छ ।

    • धारा बन्द गर्ने
    • आकाशे पानी भन्डारण गरि प्रयोग गर्ने
    • अनावश्यक रूपमा पानी नचलाउने

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार