मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट
जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको रु ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताए ।
स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएको उनले जानकारी दिए । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ ।
तातोपानी र गुठीचौर गाउँपालिकामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी छ पालिकाको बजेट विषयगत कार्यालयमा पठाइएको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।
स्थानीय तहमा आउनुपर्ने बजेट जिल्लामा आउन थालेपछि कार्यक्रम कार्यान्वयमा समस्या हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । नेपालको संविधानअनुसार सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन थलो स्थानीय तह हो । अनुगमन र प्राविधिक सहयोगका लागि समन्वय समिति र विषयगत कार्यलाई जिम्मेवारी दिँदा उपयुक्त हुनेछ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा रु २४ करोड ७३ लाख १२ हजार आएको छ । बजेट सिफारिस समितिले सिफारिस गरेका स्थानीय तह तथा विषयगत कार्यालयमा पठाइसकिएको छ ।
जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मत र ग्रामीण सडक तथा विद्यालय भवन निर्माण जस्ता कार्यमा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च हुने सामाजिक विकास कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस