मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट

जुम्लाका आठवटै स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रमका योजना छनोट गरिएका छन् । जिल्लाका हरेक वडामा मुख्यमन्त्री रोजगार कार्यक्रमको रु ४० देखि ५० लाखसम्म बजेट आएको सामाजिक विकास कार्यालयका सबइञ्जिनीयर प्रेमबहादुर शाहीले बताए ।
स्थानीय तहसँग कार्यक्रम कार्यान्वयन गर्न अहिले सम्झौता गर्ने काम शुरु गरिएको उनले जानकारी दिए । यस पटक रोजगार कार्यक्रमको बजेट तथा अख्तियारी जिल्लाका विषयगत कार्यालयमा आइपुगेको छ ।
तातोपानी र गुठीचौर गाउँपालिकामा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट आएको छ । बाँकी छ पालिकाको बजेट विषयगत कार्यालयमा पठाइएको सिँजा गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए ।
स्थानीय तहमा आउनुपर्ने बजेट जिल्लामा आउन थालेपछि कार्यक्रम कार्यान्वयमा समस्या हुने जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले बताए । नेपालको संविधानअनुसार सङ्घीय सरकार र प्रदेश सरकारको कार्यक्रम कार्यान्वयन थलो स्थानीय तह हो । अनुगमन र प्राविधिक सहयोगका लागि समन्वय समिति र विषयगत कार्यलाई जिम्मेवारी दिँदा उपयुक्त हुनेछ ।
मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत जिल्लामा रु २४ करोड ७३ लाख १२ हजार आएको छ । बजेट सिफारिस समितिले सिफारिस गरेका स्थानीय तह तथा विषयगत कार्यालयमा पठाइसकिएको छ ।
जिल्लाका आठवटै स्थानीय तहका विभिन्न वडामा खानेपानी, भवन, शौचालय, खेलमैदान, गारेटो बाटो, सडक मर्मत र ग्रामीण सडक तथा विद्यालय भवन निर्माण जस्ता कार्यमा मुख्यमन्त्री रोजगार कार्यक्रमको बजेट खर्च हुने सामाजिक विकास कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस