आयआर्जनमा सहयोग पुर्याउन बाख्रा वितरण
प्रगतिशील युवा समाजले आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले बझाङ केदारस्युँ गाउँपालिका वडा नं ३ र ६ मा ३० घरधुरीलाई बाख्रा वितरण गरेको छ । प्रगतिशील युवा समाज र वल्र्ड भिजन साझेदारीको पोषण तथा उत्थानशील जीविकोपार्जन कार्यक्रमअन्तर्गत बाख्रा वितरण गरिएको हो ।
केदारस्युँ–३ मा १० बाख्रा र पाँच पाठा वडा नं ६ मा २० बाख्रा गरी जम्मा ३० ब्याउने बाख्रा वितरण गरेको प्रगतिशील युवा समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
कोभिडबाट प्रभावित जोखिममा रहेका बालबालिकाका परिवार दलित, आर्थिक स्थिति कमजोर भएका परिवारलाई वितरण गरिएको र त्यसले गर्दा उक्त परिवारलाई कृषि तथा पशुपालनमा आत्मर्निभर बनाउने उद्देश्यका साथै आर्थिक स्थितिमा सुधार हुनेसमेत निर्देशक जोशीले बताए । करीब तीन लाख ६० हजार रकम बराबरका बाख्रा वितरण गरिएको र वितरण गरिएका बाख्राको बीमासमेत गरिएको छ ।
यसरी नै गरीब निमुखा परिवारले पहिलोपटक संस्थाबाट बाख्रा सहयोग पाउँदा आफू खुशी भएको र बाख्राको हेरचाह पालनपोषण गरेर आम्दानीको स्रोतसमेत बढाउने वडा नं ६ का मकरबहादुर गुरुधामीले बताए । साथै आफू गाडी चलाउन सिक्नका लागि ड्राइभिङ तालीममा समेत छनोट भएको र सीप सिकेर व्यवसायमा लाग्नेसमेत गुरुधामीले सुनाए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस