हिरासत कक्षमा पुस्तकालय
विभिन्न मुद्दामा न्यायिक हिरासतमा रहेका थुनुवा बन्दीलाई आचरण र व्यवहारमा परिवर्तन गर्न सहयोग पुर्याउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक धुलिखेलले हिरासत कक्षमा नै पुस्तकालय स्थापना गरेको छ ।
‘आचरण व्यवहारमा परिवर्तनका लागि हातहातमा किताब’ भन्ने नाराका साथ कार्यालयले पुस्तकालय स्थापना गरेको हो । वाग्मती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले आज उद्घाटन गर्दै पुस्तकालयले उत्प्रेरणा र मनोवृत्ति परिवर्तन गर्ने, ज्ञानका कुरा सिक्ने तथा समयको पनि उचित सदुपयोग हुने बताए । ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले न्यायिक हिरासतमा रहेकाको आचरण व्यवहारमा परिवर्तन ल्याउन हिरासत कक्षभित्र पुस्तकालय स्थापना गरिएको जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस