• जीवनशैली | Jiwanshaili
  • २०७८ सालमा थप ७ दिन विदा, हेर्नुहोस् सूची कुन कुन दिन


     

    सरकारले आगामी वर्ष २०७८ सालको बिदाको सूची सार्वजनिक गरेको छ । सोमबार राजपत्रमा प्रकाशित सूचना अनुसार पर्व बिदाको रूपमा ७ दिन बिदा दिने निर्णय गरिएको छ । यो साल फागु पूर्णिमा लगायत केही कटौती भएका पर्वमा समेत पुनस् बिदा दिने निर्णय गरेको छ ।

    त्यस्तै, गाईजात्रा, इन्द्रजात्रा, भोटो जात्रा र घोडेजात्रा गरेर काठमाडौं उपत्यकामा ४ दिन जात्रा बिदा दिइएको छ ।

     

    यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन बिदा दिइएको छ भने तिहारमा भाइटीकाको अवसरमा कात्तिक १८ गतेदेखि कात्तिक २० गतेसम्म तिहार बिदा दिइएको छ ।

    यसबाहेक विभिन्न जातिविशेषलाई उनीहरुको जातीय पर्वको दिन बिदा दिइएको छ । बिदाहरुको सूची तल उल्लेख छ ।

    हेर्नुस् सूची


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार