कोरोना कहर : उद्योग दर्ता हुने क्रम बढ्दै
कोरोना भाइरस सङ्क्रमणको असरबीच कैलालीमा उद्योग दर्ता हुने क्रम बढेको छ । पछिल्लो आठ महिना यता जिल्लामा उद्योग दर्ता हुने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । चालु आवकोे आठ महिनामा मात्रै जिल्लामा दुई हजार ४२७ नयाँ उद्योग दर्ता भइसकेका छन् ।
आव २०७५/७६ मा एक हजार २३४ र गत आव २०७६/७७ मा एक हजार ११४ उद्योग दर्ता भएकामा चालु वर्षको आठ महिनामा नयाँ उद्योग दर्ता भएका हुन् । नयाँ दर्ता हुने उद्योगमा उत्पादनका २६७, कृषिका एक हजार ५९५, सेवाका ५६३ र पर्यटनका दुई छन् ।
कार्यालयका प्रमुख नवराज भट्टले भने, ‘कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू बढेका र देशभित्रै पनि बेरोजगारी बढ्दै गएसँगै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम पनि बढेको देखिन्छ ।’ यसबाहेक महिलाको नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पनि देखिएको भट्टले बताए ।
कार्यालयले सरोकारवाला निकायका प्रतिनिधिको सहभागितामा मङ्गलबार गरेको दोस्रो चौमासिक अवधिसम्मको समीक्षा र सुझाव सङ्कलन गोष्ठीका सहभागीले रोजगारी सिर्जना हुने खालका आयमूलक र सीपमूलक तालीमका योजना ल्याउन र यस्ता तालीम नतिजामुखी बनाउन सुझाव दिए । चालु वर्षको गत आठ महिनामा कार्यालयले रु ९३ लाख ९८ हजार ६०० राजश्व सङ्कलन गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस