नक्कली नोटले कलंकीको फुटपाथमा तरकारी किनेपछि….
महानगरीय प्रहरी वृत्त, कालीमाटीबाट खटिएको टोलीले बुधबार नक्कली नोटको कारोबारमा संलग्न एक महिला र एक पुरुषलाई पक्राउ गरेको छ ।
प्रहरी उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ३९ वर्षीय माया तामाङ र रौतहट गुजरा नगरपालिका-२ घर भई कीर्तिपुर नगरपालिका-३ बस्ने ३५ वर्षीय गनबहादुर लोप्चान रहेका छन्।
बुधबार राति साढे ८ बजे काठमाडौं-१४ कलंकीस्थित फुटपाथमा मायाले नक्कली नोट प्रयोग गरी तरकारी किनेको एसपी रमेश बस्नेतले बताएका छन् ।
प्रहरीले नक्कली नोटको प्रयोग गरेको भन्ने खबर पाएपछि हुलियाको आधारमा मायाको खोजी गर्दा पाँच सयको ९ थान नक्कली नोट सहित मायालाई पक्राउ गरेको हो ।
उनकै बयानको आधारमा प्रहरीले गनबहादुर लोप्चनको खोजी गरेर प्रकाउ गरेको हो । राति नै कीर्तिपुरस्थित डेराबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । उनको कोठाबाट ५१ वटा एक हजारको नक्कली नोट, ५७ वटा पाँच सयको नोट, दुइटा एक सयको नोट, प्रिन्टर, फोटोकपी पेपर, पेपर कटर, स्केल, चार वटा प्रिन्टर मसी, दुइटा मोबाइल र एउटा ल्यापटप प्रहरीले बरामद गरेको छ ।
उनीहरूमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस